स्वास्थ्यकर्मीले आफ्नै परिवार र बिरामीको हेरचाहमा सन्तुलन कायम गर्न पनि अथाह चुनौतीको सामना गरिरहेका छन्। कतिपय स्वास्थ्यकर्मी तीन महिनादेखि लगातार काममा खटिइरहेका छन्।
काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गाजाको अवस्था बिग्रँदै जाँदा एक लाखभन्दा बढी गाजावासी हताहत (घाइते, बेपत्ता वा मृत्यु भएको) अनुमान गरेको छ। यो संख्या गाजाको २३ लाख जनसंख्याको ४.३ प्रतिशत हो।
जेरुसेलमबाट भिडियो लिंकमार्फत संयुक्त राष्ट्रसंघको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै डब्लूएचओका प्रतिनिधि रिचार्ड पिपरकोर्नले बाँकी जनसंख्याले पनि गम्भीर परिस्थितिको सामना गर्नुपरेको बताए।
उनले उनीहरूले सुरक्षा, खाना, स्वास्थ्य र ऊर्जाजस्ता आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेको बताए। “मध्य गाजामा तनाव बढ्दै गएको छ, जसले विद्यमान स्वास्थ्य सुविधाको पहुँचलाई थप कमजोर बनाएको छ,” उनले भने।
उनले बिरामी र स्वास्थ्यकर्मी दुवैका लागि अस्पतालमा निरन्तर पहुँचमा समस्या भइरहेकोप्रति चिन्ता व्यक्त गरे। पिपरकोर्नले गाजामा ३६ अस्पतालमध्ये केवल १३ वटा मात्र आंशिक रूपमा र ७३ प्राथमिक स्वास्थ्य केन्द्रहरूमध्ये १३ वटा मात्र सञ्चालनमा रहेको बताए।
उनका अनुसार जारी द्वन्द्व र शत्रुताले स्वास्थ्य सेवालाई अस्तव्यस्त बनाएको छ। यसले युद्धसँग सम्बन्धित चोटपटक र दीर्घरोगी दुवैलाई पर्याप्त उपचार प्रदान गर्न चुनौती थपेको छ।
“अब कम्तिमा आठ हजार गाजावासीलाई उपचारका लागि रेफर गर्नुपर्ने हामीले अनुमान गरेका छौँ,” पिपरकोर्नले भने। तीमध्ये ६ हजार जना युद्धमा घाइते भएका हुन्। उनीहरूमध्ये कैयौँको अवस्था गम्भीर रहेको छ। केही घाइतेलाई मात्र दक्षिणी शहर राफामा सफलतापूर्वक स्थानान्तरण गरिएको उनले बताए।
“उत्तरी गाजातर्फ प्रवेशमा कडा प्रतिबन्ध लगाइएको छ। डब्ल्यूएचओले यस क्षेत्रका स्वास्थ्य संस्थामा पुग्न गरेको अनुरोधलाई लगातार अस्वीकार गरिएको छ,” उनले भने, “गाजामा रहेका युरोपेली अस्पतालमा २२ हजार मानिसले आश्रय लिएका छन्। त्यहाँ पनि स्वास्थ्य सामग्रीहरू पर्याप्त छैनन्। रोग फैलिने खतरा बढिरहेको छ।”
स्वास्थ्यकर्मीले आफ्नै परिवार र बिरामीको हेरचाहमा सन्तुलन कायम गर्न पनि अथाह चुनौतीको सामना गरिरहेका छन्। कतिपय स्वास्थ्यकर्मी तीन महिनादेखि लगातार काममा खटिइरहेका छन्।
खान युनिस शहरको अल नासिर अस्पताल एउटा मात्र एम्बुलेन्समा सीमित बनेको छ र बिरामीलाई गाडामा बोक्नुपर्ने बाध्यता रहेको छ। खान युनिसमा रहेका ४०० बिरामी हेर्ने विशेषज्ञको अभाव छ।
गम्भीर स्वास्थ्य समस्या भोगिरहेकाहरू पनि मानवीय संकटका कारण स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर भएका छन्। खाद्य असुरक्षा र पानी प्रदूषणले संक्रामक रोग फैलिने खतरा बढेको छ।
गाजास्थित डब्लूएचओका प्रतिनिधिले भनेका छन्, “दुई लाख ४५ हजारभन्दा बढीमा श्वासप्रश्वाससम्बन्धी संक्रमण, एक लाख ६० घटना पाँच वर्षमुनिका बालबालिकामा पखालासम्बन्धी र लगभग ७० हजारमा छाला र अन्य समस्या देखिएको छ।” गाजामा सीमित खाद्यान्न वितरण भइरहेका कारण कुपोषण चिन्ताको विषय बनेको छ।
डब्लूएचओ गाजास्थित उपशाखाका प्रमुख अहमद दाहिरले खाना र सुरक्षाको खोजीमा हजारौँ मानिस राफातर्फ पलायन भइरहेको बताए। उनका अनुसार बिरामी र घाइतेले स्वास्थ्य सेवा पाउन संघर्ष गरिरहेका छन्। तर वरिपरिको तनावले प्रमुख चिकित्सा सुविधा, बिरामी र स्वास्थ्य सेवा प्रदायकको पहुँचमा बाधा उत्पन्न भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
