सबैभन्दा बढी एक अर्ब ६६ करोड आठ लाख रुपैयाँको दुई हजार ७६८ मेट्रिक टन चिया निर्यात भएको छ।
झापा– पूर्वीनाका काँकडभिट्टाबाट कात्तिकदेखि पुस मसान्तसम्म तीन अर्ब ६९ करोड पाँच लाख रुपैयाँ बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ।
तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बांग्लादेशलगायत मुलुकमा निर्यात भएको प्लान्ट क्वारेनटिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए। यस अवधिमा सबैभन्दा बढी एक अर्ब ६६ करोड आठ लाख रुपैयाँको दुई हजार ७६८ मेट्रिक टन चिया निर्यात भएको छ। अलैँची, अम्लिसो, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा निर्यात भएको छ।
९८ करोड ९६ लाख रुपैयाँको एक हजार २३७ मेट्रिक टन अलैँची, ५३ करोड १२ लाख ६५ हजारको १५ हजार १७९ मेट्रिक टन प्लाइउड, ३० करोड ४६ लाख ४० हजारको दुई हजार ३८० मेट्रिक टन अदुवा र १३ करोड ८१ लाख २० हजारको एक हजार १५१ मेट्रिक टन अम्लिसो भारततर्फ निर्यात भएको छ।
यसैगरी, तरकारीमा बन्दाकोभी र मूला भारत निर्यात हुने गरेको छ। मुसुरो दालसमेत उल्लेख्य मात्रामा निर्यात भएको छ। एक करोड ७२ लाख ६२ हजारको १२६ मेट्रिक टन मुसुरो दाल, २० लाख ४८ हजारको १२८ मेट्रिक टन बन्दाकोभी र २९ हजारको दुई मेट्रिक टन मूला भारत निर्यात भएको कार्यालयले जनाएको छ। जडीबुटीतर्फ चिराइतो, पीपला, अमला, मजिठो, सुगन्ध कोकिल, धूपी, पदमचाल र चुत्रो रहेको छ। यीमध्ये चिराइतो सबैभन्दा बढी मात्रा र मूल्यमा निर्यात हुने गरेको छ।
यस्तै, ९४ लाखको ४७ मेट्रिक टन चिराइतो, एक लाख बराबरको एक मेट्रिक टन पीपला, दुई लाख ९५ हजारको अढाई मेट्रिक टन अमला, दुई लाख ५० हजारको दुई मेट्रिक टन मजिठो, एक लाख ९८ हजारको दुई मेट्रिक टन सुगन्ध कोकिल, तीन लाख ५० हजारको १० मेट्रिक टन धूपी, ६ लाख ९० हजार ६ मेट्रिक टन पदमचाल र ३९ हजारको एक मेट्रिक टन चुत्रो निर्यात भएको छ।
यसअघि पहिलोमा पाँच अर्ब २७ करोड ३६ लाख रुपैयाँको नेपाली उत्पादन निर्यात भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
