देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

दिउँसो, देशभर साधारणतया बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका धेरै स्थानमा छिटपुटदेखि हल्का वर्षा हुनेछ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

जसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ। 

दिउँसो, देशभर साधारणतया बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका धेरै स्थानमा छिटपुटदेखि हल्का वर्षा हुनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

यसैगरी, राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा छिटपुटदेखि हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ। 

वर्षा र हिमपातको कारण दैनिक जनजीवन, स्वास्थ्य तथा यातायातमा प्रभाव पर्नसक्ने सम्भावना छ। साथै, चिसोसमेत अत्यधिक रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।