आगलागीबाट आइतबारसम्म एक हजारभन्दा धेरै घर जलेका छन्। शहरी क्षेत्रतर्फ बढिरहेको आगो निभाउन अग्निनियन्त्रकहरूले प्रयास गरिरहेका छन्।
दक्षिण अमेरिकी देश चिलीको जंगलमा लागेको आगोले भीषण रूप लिँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ।
आगो फैलिइरहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने सम्भावना रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। शहरी क्षेत्रतर्फ बढिरहेको आगो निभाउन अग्निनियन्त्रकहरूले संघर्ष गरिरहेका छन्।
आगलागीबाट आइतबारसम्म एक हजारभन्दा धेरै घर जलेको समाचार संस्था रोयटर्सले जनाएको छ।
“तटीय पर्यटक शहर भिना डेल मार वरपरका क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। उद्धार टोली सबै प्रभावित क्षेत्रमा पुग्न संघर्ष गरिरहेको छ,” चिलीका अधिकारीहरूले भने।
शुक्रबार र शनिबारको बीचमा डढेलोबाट प्रभावित क्षेत्र ३० हजारबाट बढेर ४३,००० हेक्टर पुगेको छ। देशले सन् २०१० को भूकम्पपछिको सबैभन्दा नराम्रो प्रकोपको सामना गरिरहेको अधिकारीहरूले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
