पक्राउ पर्नबाट जोगिन कतिपय श्रमिक त घण्टौँसम्म नालीमा लुेकर बसेका थिए।
मलेसियामा लुकिछिपी काम गरिरहेका १५ नेपालीसहित ५३० आप्रवासी श्रमिक पक्राउ परेका छन्।
विभिन्न कारण मलेसियामा अवैधानिक भएर काम गरिरहेका उनीहरूलाई अध्यागमन विभागले छापा मारेर पक्राउ गरेको पत्रिका ‘द स्टार’ले जनाएको छ। मलेसियाको सेरी केम्बंगनमा रहेको सेलेंगर होलसेल मार्केटमा प्रहरीले शनिबार छापा मारेको थियो। उनीहरूलाई चारैतिरबाट घेरा हालेर पक्राउ गरिएको हो। प्रहरीबाट जोगिन कतिपय श्रमिक त घण्टौँसम्म नालीमा लुेकर बसेका थिए।
बिहान ३ देखि ६ बजेसम्म चलेको अपरेसनमा सहभागी अध्यागमन विभागका निर्देशक खैरुल अमिनसले पत्रकार सम्मेलन गर्दै २६ महिलासहित ५३० जना आप्रवासी श्रमिक पक्राउ परेका बताएका छन्। पक्राउ पर्नेहरूमा नेपालका १५ जनासहित म्यानमारका २७७, बंगलादेशका ९४, भारतका ७२, इन्डोनेसियाका ३९, श्रीलंकाका ९ जना, पाकिस्तानका ६ जना र भियतनामका १ जना रहेका छन्।
उनीहरूको कागजातहरू थप जाँच भइरहेको उनले बताएका छन्। खैरुल अमिनसका अनुसार विदेशी नागरिकसँग स्वदेशमा रहेको वैध कागजात छ कि छैन भनी जाँच गरिनेछ। त्यसपछि उनीहरूलाई देश निकाला (डिपोर्ट) गर्ने कि जरिबाना गर्ने भन्नेबारे निर्णय हुनेछ।
यसैबीच, सुबाङजयाका मेयर दातुक मोहम्मद फौजी मोहम्मद यतिमले नगर परिषदले स्थानीयलाई दिइएका १० वटा व्यावसायिक लाइसेन्स विदेशीलाई बेचेको पत्ता लागेको बताएका छन्। उनीहरूमाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
