सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मर जडान भइसकेका छन्। उपकरण जडान धमाधम भइरहेको छ। दुई महिनाभित्र सक्ने लक्ष्य रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
काठमाडौँ– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०–१३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। दुई महिनाभित्र सक्ने लक्ष्यसहित काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
निर्माण उपकरण आपूर्ति भइसकेको र जडान पनि अन्तिम चरणमा पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। “नयाँ खिम्ती–बाह्रबिसे र बाह्रबिसे लप्सीफेदी (काठमाडौँ) प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ। अन्य समस्या नआए तीन महिनाभित्र सम्पन्न हुन्छ,” उनले भने।
सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मर जडान भइसकेका छन्। २२०–१३२ केभी, १६० एमभीए र १३२–११ केभीका पावर ट्रान्सफर्मर राखिएका छन्। ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरण जडान अन्तिम चरणमा छ। नियन्त्रण कक्षमा रहने उपकरण आपूर्ति भइसकेका छन्।
उपकरण जडान धमाधम भइरहेको छ। बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ।
चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्मित १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ।
मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ। आयोजनाले आफ्नो विद्युत्गृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्म चार किलोमिटर २२० केभी सिंगल सर्किट प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ। करिब दुई किलोमिटर तार तानिएको छ।
बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण उक्त क्षेत्रमा भने तार तानेको छैन। तामाकोशी, सुनकोशी र ती नदीका सहायक खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न प्रसारण लाइन र सबस्टेसन निर्माण गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
