पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथा मुखजन्य क्यान्सर र महिलामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर बढी देखिने गरेको छ।
काठमाडौँ– नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको पाइएको छ।
विश्व क्यान्सर दिवसको अवसरमा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो। २०२० को तथ्यांकअनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी छ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देश्क डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको बताए।
सन् २०२० मा क्यान्सरबाट कारणले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो। नेपालमा देखिएका मुख्य क्यान्सरमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर छन्।
यस्तै, नेपालमा प्रत्येक वर्ष करिब २० हजार जनाभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको डा. मरासिनीको भनाइ छ। पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथा मुखजन्य क्यान्सर र महिलामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर बढी देखिने गरेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर मृत्युको प्रमुख कारणमध्ये क्यान्सर पनि एक हो। हरेक ६ मा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ। सुर्तिजन्य पदार्थको प्रयोग, मद्यपानको प्रयोग, शारीरिक निष्क्रियता क्यान्सरबाट हुने मृत्युको प्रमुख कारक हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
