संसद्मा सम्बोधनका क्रममा गलत शब्द तथा अभिव्यक्ति दिनेहरूको विरोध गरे पुग्ने भएकाले रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग गर्न आवश्यक नभएको एमाले अध्यक्ष ओलीको भनाइ थियो।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदलाई निर्देशन दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले संसद्मा गल्ती बोल्नेहरूका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउने माग गर्न जरुरी नभएको बताएका हुन्।
आइतबार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसद्मा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि पार्टीका सांसदको ध्यानाकर्षण गराए। संसद्मा सम्बोधनका क्रममा गलत शब्द तथा अभिव्यक्ति दिनेहरूको विरोध गरे पुग्ने भएकाले रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग गर्न आवश्यक नभएको एमाले अध्यक्ष ओलीको भनाइ थियो।
“हामीले गलत बोल्यो रेकर्डबाट हटाइपाऊँ भनेर त्यो रेकर्डबाट हटाएर राम्रो–राम्रो बोलेको मात्रै राखिदिने, नराम्रो बोलेको नराख्ने, अगतिलो मान्छे रहेछ भन्ने लुकाइदिने किन गर्नुपरेको छ र! त्यसकारण गलत कुराको सख्त आलोचना गर्नुपर्छ, विरोध गर्नुपर्छ। हामीले विरोध गरेपछि पुगिहाल्यो नि!” उनले भने।
सांसदले सदनमा बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसद्को रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था छ। अध्यक्ष ओलीले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने बताए। “मैले यो कुरा गल्ती बोलेछु सभामुख महोदय, रेकर्डबाट हटाइपाऊँ भनेर निजले भन्दा खेरी एउटा कुरा हो। अर्काले उसको गल्ती किन सच्याइदिने?” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
