मकवानपुर–१ मा डिना उपाध्याय अगाडि, दोस्रोमा कमल थापा

नेपाली कांग्रेसकी डिना उपाध्याय सात हजार ५७८ मत प्राप्त गरेर अग्रस्थानमा छिन्। उनलाई राप्रपा नेपालका कमल थापाले पछ्याइरहेका छन्।

मकवानपुर– जिल्लाको क्षेत्र नं १ मा १६ हजार आठ सय मतगणना हुँदा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) सात हजार ५७८ मत प्राप्त गरेर अग्रस्थानमा छिन्।

त्यसैगरी दोस्रो स्थानमा राप्रपा नेपालका कमल थापाले पाँच हजार एक सय १५ मत प्राप्त गरेका छन्। राप्रपाका दीपकबहादुर सिंहले दुई हजार तीन सय ८३ मत प्राप्त गरेका छन्। 

त्यस्तै, क्षेत्र नं २ को १८ हजार दुई सय ९७ मतगणना हुँदा नेकपा (एमाले) का महेश बर्तौलाले सात हजार १७० मत प्राप्त गरी अग्रता बनाइरहेका छन्। 

पाँच दलीय गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले छ हजार ९४६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका भरतप्रसाद पराजुलीले दुई हजार ४७९ मत प्राप्त गरेका छन्।