पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

काठमाडाैँ– हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा तथा अन्य भेगको मौसम मूख्यतया सफा रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

राति पनि सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, केही उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ।