ईपीएल: आर्सनल र वोल्भ्स विजयी

आइतबार राति बेलायतको लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–१ गोल अन्तरले हराएको हो।

इंग्लिस प्रिमियर लिग (ईपीएल)मा आर्सनलले लिभरपुलमाथि सहज जित निकालेको छ। आइतबार राति बेलायतको लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–१ गोल अन्तरले हराएको हो।

आर्सनलको तर्फबाट बुकायो साका, गेब्रियल मार्टिनेली र लिन्द्रो त्रोसार्दले १/१ गोल गरे। खेलको १४औँ मिनेटमा साकाले गोल गर्दै अग्रता लिएको आर्सनलाई मार्टिनेलीले दुई गोलको अग्रता दिलाए। लिभरपुलको तर्फबाट ८८औँ मिनेटमा इब्राहिम कोनेटले गोल गरे पनि आर्सनललाई टक्कर दिन सकेन। उल्टै, थपिएको समयमा त्रोसार्दको गोलमा आर्सनलले ३ गोलको अग्रतासहित बलियो जित हात पार्‍यो।

अझै पनि लिभरपुल ५० अंकका साथ तालिकाको शीर्ष स्थानमा छ भने आर्सनल ४९ अंकसहित दोस्रो स्थानमा छ।

आइतबार नै सम्पन्न अर्को खेलमा चेल्सीलाई ४–२ गोलअन्तरले हराउँदै वल्भ्स तालिकाको दशौँ स्थानमा छ। चेल्सी एक स्थान पछाडि रहेको छ। चेल्सीले खेलमा शुरूआती अग्रता बनाए पनि जित हात पार्न सकेन।