बिहीबारदेखि जनकपुरधाममा जारी जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन आइतबार पनि विभिन्न चार वटा विषयमा विमर्श भए।
जनकपुरधाम– बिहीबारदेखि जनकपुरधाममा जारी जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन आइतबार पनि विभिन्न चार वटा विषयमा विमर्श भए।
पाँच दिवसीय यो महोत्सवमा आइतबार विदेश जाँदै मधेश, मिथिला चित्रकलामा समकालीनता, भाषाको सीमा र अनुवाद, लालित्य र लोकसरोकार भन्ने विषयमाथि छुट्टाछुट्टै सत्रमा विमर्श भएका महोत्सव आयोजक मिथिला विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए।
त्यसैगरी दुई वटा नाटक प्रदर्शन र प्रतिष्ठित स्थानीय तथा अन्य क्षेत्रबाट आएका कलाकर्मीहरूबाट नाटक, सांगीतिक प्रस्तुतिलगायत कार्यक्रम पनि भएका अध्यक्ष चौधरीले बताउनुभयो। यस क्रममा ‘विदेश जाइत मधेश (विदेश जाँदै मधेश)’ शीर्षकमाथिको विमर्शका वक्ताहरूले मधेशजस्तो उर्बर तथा समथर भूमिमा रोजगारीका अवसर सृजना गर्ननसक्दा युवा दिनप्रतिदिन विदेश पलायन हुन थालेकोमा गम्भीर चिन्ता व्यक्त गरे।
कार्यक्रममा राजनीतिज्ञ बृखेशचन्द्र लालले भोको पटले देश विकासमा योगदान गर्न नसक्ने भन्दै त्यसैकारण आम युवाहरू सस्तोमा श्रम बेच्न विदेश पलायन हुन बाध्य भएको बताए। देश बनाउने बेला युवा जनशक्ति बिदेसिनुलाई नयाँ संस्करणको पराधिनताको संज्ञा दिँदै उनले त्यसरी बिदेसिने युवामध्ये २८.६८ प्रतिशत युवा मधेशको हुनुले भयावह स्थितिलाई देखाइरहेको टिप्पणी गरे।
यसैगरी, डा सूर्यनाथ मिश्रले देशमा रहेका सम्भावनाका क्षेत्रमा राज्यको योजनाबद्ध लगानी नहुँदा रोजगारी सिर्जना हुननसकेको र त्यसको मारमा सबैभन्दा बढी आर्थिकरूपमा विपन्न वर्ग परेको बताए। उनले सस्तो श्रमका लागि बिदेसिने बहुसंख्यक विपन्न जनतालाई लक्षित गरी राज्यले समयमै रोजगारीको अवसर सिर्जनामा लाग्नुपर्नेमा जोड दिए।
त्यसैगरी २७ वर्ष कतारमा काम गरेर फर्किएका मोहरम नद्दाफ नेपालको राजनीतिक नेतृत्वमा देश बनाउने सोच र योजना नहुँदा युवाहरू विदेश जान बाध्य भएको उल्लेख गरे। उनले तालिम र सीपको अभावमा विदेश जाने युवाहरूले जोखिमपूर्ण अवस्थामा काम गरिरहेका विषयमा बारम्बार कुरा उठ्दा पनि राज्यले लगानी गर्न नसक्नु झनै दुःखद भएको बताए। कार्यक्रमका वक्ताहरू डा.सोहन साह, कौशल्य कुस्वाहा, संजोग देव, देवेन्द्र भट्टराई, परमेश मण्डलले देशको अर्थतन्त्रको ठूलो हिस्सा विप्रेषणबाट चलिरहेका पनि त्यसबाट वैदेशिक रोजगारमा गएका परिवारले लाभ पाउने गरी योजना बनाउन जरुरी रहेको धारणा राखे।
‘मिथिला चित्रकलामे समकालीनता’ शीर्षकको विमर्शमा वरिष्ठ चित्रकार एस.सी सुमन, उमाशंकर साह, श्यामसुन्दर यादव, पद्मश्री दुलारी देवी, श्रीमती कल्पजा सिंह, विजयदत्त मणिले मिथिला चित्रकलाको व्यावसायिक विकासका लागि तीनै तहका सरकारले लगानी गर्नुपर्ने आवश्यकता औँल्याए।
भाषाको सीमा र अनुवाद सत्रमा भारतबाट आएका भाषाविद्हरू अशोक, डा निक्की प्रियदर्शिनी, भाष्करानन्द भाष्कर, प्रदिप विहारी, ललित झा, शिवशंकर श्रीनिवासले भाग लिए।
मैथली संस्कृति: लालित्य र लोकसरोकार सत्रमा डा महेन्द्रनरायण राम, परमेश्वर कापरी, अजित आजाद, रूपा झा, प्रवीणनारायण चौधरीले मैथिली कला संस्कृतिका विविध पक्षमा बृहंगम छलफल गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
