बार्सिलोनासँग छोराको सम्झाैता हुन्न कि भनेर आत्तिएका मेस्सीका बुवालाई विश्वास दिलाउनका लागि वेटरसँग नेपकिन मागेर हस्ताक्षर गरिएको थियो।
लियोनल मेस्सीको बार्सिलोनासँग कीर्तिमानी करियरको शुरूआत एक नेपकिनमा लेखिएको सम्झौताबाट भएको सुन्दा आश्चर्य लाग्ला। त्यही नेपकिन अहिले तीन लाख पाउन्ड अर्थात् झन्डै पाँच करोड ६७ लाख रुपैयाँ प्रारम्भिक मूल्यका साथ लिलामीको लागि तोकिएको छ।
आउँदो मार्च १८ देखि २७ सम्म यस नेपकिनको अनलाइन बिडिङ हुने न्युज एजेन्सी एपीले लेखेको छ। यसका लागि बेलायती लिलामी घर ‘बोनह्याम्स’ले मेस्सीको गृह देश अर्जेन्टिनाका प्रतिनिधि होरासियो ग्यागियोलीसँग सम्झौता गरेको छ।
सन् २००० डिसेम्बर १४ को मिति लेखिएको उक्त नेपकिनमा ग्यागियोली, अर्का एजेन्ट जोसेप मारिया मिंगुएला र बार्सिलोनाका तत्कालीन खेलकुद निर्देशक कार्लेस रेक्साचको हस्ताक्षर छ।
रोचक कुरा त के भने, उक्त हस्ताक्षर मेस्सीका बुवा जर्ज मेस्सीलाई सम्झाैता पारित हुने आश्वासन दिलाउनका लागि गरिएको थियो। बार्सिलोनासँग छोराको सम्झाैता हुन्न कि भनेर आत्तिएका मेस्सीका बुवालाई विश्वास दिलाउनका लागि वेटरसँग नेपकिन मागेर हस्ताक्षर गरिएको थियो। त्यसपछि औपचारिक सम्झाैता भएको थियो।

"यो एक मात्र चीज थियो जुन मसँग उपलब्ध थियो," रेक्साच सम्झिन्छन्, "जर्ज (मेस्सीका बुवा)लाई सान्त्वना दिने एउटै तरिका भनेको कुनै कुरामा हस्ताक्षर गर्नु हो जस्तो लाग्यो, त्यसका लागि उनलाई केही प्रमाण दिनु थियो, त्यसैले मैले वेटरलाई नेपकिन मागेँ र हामीले हस्ताक्षर गरेर उनलाई दियाैँ। उक्त हस्ताक्षर सम्झाैता हुन्छ भन्ने साक्षीका रूपमा उनलाई दिएका थियाैँ।"
त्यसपछि मेस्सी १६ वर्षको कलिलो उमेरमै बार्सिलोनाको सिनियर टोलीमा आबद्ध भएका थिए। उनले लामो समय त्यही क्लबबाट खेलेर ख्याति प्राप्त गरे। क्लबका लागि ७७८ खेल खेल्दै कुल ६७२ गोल गरेका थिए। उनले बार्सिलोनालाई १० वटा ला लिगा र चारवटा च्याम्पियन्स लिगको उपाधि पनि चुमाएका थिए।
अहिले ३६ वर्षीय मेस्सी सन् २०२१ मा बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) हुँदै हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
