बागलुङ बजार छेउमै रहेको बिहुँ गाउँमा विसं २०५१ सालमा ट्रयाक खोलिएको सडक तीन दशकपछि स्तरोन्नति हुन थालेको हो।
बागलुङ– जिल्ला सदरमुकाम बागलुङ बजार छेउमै रहेको बिहुँ गाउँमा विसं २०५१ सालमा ट्रयाक खोलिएको सडक तीन दशकपछि स्तरोन्नति हुन थालेको छ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा रहेको सुलडाँडादेखि किमबोट हुँदै ठूल्ढुंगा जोड्ने सडक यस वर्ष स्तरोन्नति हुन लागेको हो। यस सडकलाई किसानको सडकका रूपमा लिने गरिएको छ। काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ५० लाख रुपैयाँमा यो सडक स्तरोन्नति गर्न थालिएको हो।
गाउँपालिकाको गौरवको आयोजना रहेको यस सडकलाई प्राथमिकतामा राखेर काम गर्न थालिएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासंगम विकले बताए। सुलडाँडादेखि ठूल्ढुंगासम्म करिब १० किलोमिटर रहेको यस सडकमा अधिकांश पिकअप तथा जिप चल्दै आएको भन्दै साँघुरो हुँदा समय–समयमा दुर्घटनासमेत हुने गरेको उनको भनाइ छ। लोकमार्गमा गुड्ने अधिकांश साना सवारी साधन यही सडक प्रयोग गर्ने हुँदा यसको स्तरोन्नतिका लागि केही वर्षदेखि पालिकाले बजेट विनियोजन गर्दै आएको प्रवक्ता विक बताउँछन्।
काठेखोला गाउँपालिका–५ र ६ वडालाई जोड्ने यो सडक १९ वर्षदेखि स्तरोन्नति नहुँदा स्थानीय किसानले उत्पादन गरेको दूध र सुन्तला बजारसम्म पुर्याउन निकै समस्या हुने गरेको विक बताउँछन्। स्तरोन्नतिपछि सबैभन्दा बढी फाइदा वडा नम्बर ६ का किसानलाई हुने उनको भनाइ छ। गाउँपालिकाले यो सडकसहित पालिकाभर रहेका ग्रामीण सडकलाई स्तरीय बनाउन थालेको उनले बताए।
प्रवक्ता विकले भने, “यो सडक लोकमार्गसँग जोडिएको छ, पछिल्लो समय लोकमार्गमा भन्दा यस सडकमा बढी गाडी गुड्ने गरेका छन्, छोटो र सहज हुने हुँदा धेरै यताबाट हिँड्दा सडक बिग्रिएको छ, कच्ची सडकका ट्र्याक्टरदेखि साना सबै सवारी गुडा अप्ठेरो पनि बनेको थियो, यो सडक खास गरी सुन्तला पकेट क्षेत्र भएर गएको छ, यहाँ धेरै किसान हुनुहुन्छ, अहिलेसम्म सडकका कारण उहाँहरुले धेरै समस्या भोग्नुभएको थियो, अब सहज हुनेछ।”
गाउँपालिकाका इन्जिनियर विनोद लामिछाने मंसिरको २४ गते ओम मल्टी विल्डर्स निर्माण कम्पनीले कामको जिम्मा पाएको र अहिले धमाधम काम भइरहेको जानकारी दिए। निर्माण कम्पनीले सडक स्तरोन्नतिका लागि ४० लाख ३५ हजारमा गाउँपालिकासँग सम्झौता गरेको उनको भनाइ छ। निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको हुँदा अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको र फागुन मसान्तसम्म सक्ने गरी काम भएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
