गुल्शनले बलिङमा राम्रो गरेको छ, ब्याटिङमा 'ब्याड लक' भयो: जगत टमटा

दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भई नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

काठमाडाैँ– दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भई नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो। यू१९ विश्वकपमा नेपाल सुपर सिक्ससम्म पुगेको थियो। समूह चरणमा नेपालले न्युजिल्यान्ड र पाकिस्तानसँग हार व्यहोर्दा अफगानिस्तानलाई पराजित गरेको थियो। त्यस्तै सुपरसिक्समा बांग्लादेश र भारतसँग पराजित भएको हो।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली यू१९ टिमका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको भन्दै नयाँ नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताए। विश्वकप एउटा सपना हुने भन्दै उनले विश्वकपमा नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने बताए।

विश्वकपमा आकाश चन्द, सुवास भण्डारी र अर्जुन कुमालको प्रश्तुती समग्रमा राम्रो भएको र गुल्शन झाको प्रस्तुती भने बलिङमा राम्रो भए पनि ब्याटिङमा राम्रो हुन नसकेको उनको भनाइ छ। विश्वकपमा राम्रो स्टार्ट पाएर पनि ठूलो स्कोर बनाउन नसक्दा भने नरमाइलो लागेको उनले बताए। 

यस्तै, यू१९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरूको प्रदर्शनीबाट खुशी भहेको बताएका छन्। उनले विश्वकप समग्रमा राम्रो भएको भन्दै टिममा राम्रा खेलाडीहरू भएकाले आगमी दिनमा नेपाली क्रिकेटको भविष्य उज्वल रहेको बताए। गुल्शन झाको बारेमा बोल्दै उनले ब्याटिङ राम्रो गर्न नसकेको टिप्पणी गरे।

"वर्ल्डकप क्वालिफायर्स महत्वपूर्ण थियो, त्यो हामीले पार गरेका छौँ। विश्वकप जर्नी टिम, मेरो र नेपाली क्रिकेटको लागि राम्रो हो। सबै सदस्य त्यति नै महत्वपूर्ण हुन्छन्," उनले भने, "आफ्नो दिन भएकाले राम्रो खेले। बलिङमा जस्तो ब्याटिङमा गुल्शनको राम्रो हुन सकेन, उसको ब्याड लक नै हो। उसले धेरै कुरा सिकेको छ। आगामी दिनमा राम्रो गर्नसक्छ।"