छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई टुंगोमा पुर्याउनका लागि सरकारका तर्फबाट भइरहेका प्रयासहरूका बारेमा सांसदहरूलाई जानकारी गराएका थिए।
काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसँग सम्बन्धित (टीआरसी) विधेयकका सम्बन्धमा सांसदहरूसँग छलफल गरेका छन्।
मन्त्री गुरुङले सोमबार कानून, न्याय तथा मानव अधिकार समिति सदस्यहरूसँग अनौपचारिक रूपमा संक्रमणलीन न्यायसँग सम्बन्धित विधेयकका सम्बन्धमा छलफल गरेका हुन्। छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई टुंगोमा पुर्याउनका लागि सरकारका तर्फबाट भइरहेका प्रयासहरूका बारेमा सांसदहरूलाई जानकारी गराएका थिए।
छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कानून, न्याय तथा मानव अधिकार समिति सदस्य महेश बर्तौलाले मन्त्री गुरुङले प्रस्तुत गरेको विषय सकारात्मक रहेको बताए। उनले आफूहरूले पीडितमैत्री कानून बनाउने कुरामा जोड दिएको र असहमतिका विषयलाई टुंग्याउने कार्ययोजना ल्याउने गरी छलफल भएको उल्लेख गरे।
“शीर्षस्थ नेताहरूका बीचमा पनि छलफल चलाउनुपर्ने हुन्छ। आधारभूत रूपमा एउटा तयारी गरेर अगाडि बढ्ने र छिटो टुंग्याउनुपर्छ भन्ने कुरा भएको छ। सरकार यदि सहमतिसाथ पीडितमैत्री कानून बनाउनका लागि तयार भयो भने यसले गति प्रदान गर्छ। टुंगिएर अगाडि बढ्छ भन्ने लाग्छ,” उनले भने।
छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै कानून, न्याय तथा मानव अधिकार समिति सदस्य सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा असहमतिका बुँदामाथि छलफल भएको बताए। सरकारका तर्फबाट मन्त्री गुरुङले केही विकल्प प्रस्तुत गरेको र पीडितमैत्री कानून बनाउने सन्दर्भमा राम्रो छलफल भएको उनको भनाइ छ।
“मूलभूत रूपमा चार वटा बुँदाहरू जो टुंग्याउन सकेका थिएनौँ, समितिमा भने त्यसमा आज बढी कुरा भयो। मन्त्रालयको तर्फबाट केही विकल्प, केही प्रस्तावहरू आएका छन्। पीडितमैत्री कसरी बनाउन सकिन्छ, न्याय सम्पादन फराकिलो कसरी बनाउन सकिन्छ भन्ने विषयमा राम्रो छलफल भएको छ। टुंगिएको छैन। भोलि फेरि बस्नेछौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
