ललितपुर २ को प्रदेशसभा १ मा एमालेका श्रेष्ठ निर्वाचित

ललितपुर-२ को प्रदेशसभा १ मा एमालेका रामेश्वर श्रेष्ठले ८ हजार २९८ मत प्राप्त गरेका छन्। 

काठमाडौँ– ललितपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका रामेश्वर श्रेष्ठ निर्वाचित भएका छन्। 

निर्वाचन आयोगका अनुसार श्रेष्ठले ८ हजार २९८ मत प्राप्त गरेका छन्। 

उनका प्रतिस्पर्धी राप्रपाका धनराम केसीले ६ हजार ८५१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका रिसा श्रेष्ठले ५ हजार ९७३ मत प्राप्त गरिन्।