सोमबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।
काठमाडौँ– यो साता कारोबारको पहिलो दिन सामान्य अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोस्रो दिन दोहोरो अंकले बढेको छ। सोमबार नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ को विन्दुमा कायम भएको हो।
आइतबारभन्दा सोमबार कारोबार रकममा भने गिरावट देखिएको छ। आइतबार तीन अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको थियो। नेप्सेका अनुसार सोमबार शेयर बजारमा भएको कारोबार रकम दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँ बराबर छ। सोमबार ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता शेयर ५६ हजार ७७६ पटक किनबेच भएको थियो।
होटल तथा पर्यटन समूह ०.२०, उत्पादन तथा प्रशोधन समूह ०.०९, म्युचुअल फन्ड ०.०६ र निर्जीवन बीमा समूह ०.४१ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै अन्य समूहको उपसूचक ४.६८ प्रतिशतले बढेको छ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ता रहेका छन्। यो कम्पनीको शेयर मूल्यमा ६.७८ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १८ करोड ५९ लाख पाँच हजार १४ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएको शेयर संख्याका आधारमा भने ङादी पावर लिमिटेडको चार लाख ४७ हजार ६६७ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
