सिंहदरबारभित्र छिर्न खोज्दा प्रहरीले आरती साहका भाइ र आमालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ– सिंहदरबारबाट आरती साहका भाइ र आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिंहदरबारभित्र छिर्न खोज्दा प्रहरीले आरती साहकी आमा निर्मलादेवी र भाइ प्रेमलाई नियन्त्रणमा लिएको हो।

उनीहरू विगत लामो समयदेखि आरती साहको न्यायका लागि संघर्ष गर्दै आएका छन्। उनीहरू ज्ञापनपत्र बुझाउन सिंहदरबार छिर्ने क्रममा दक्षिण गेटमा पक्राउ परेका हुन्। उनीहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका थिए। सिंहदरबार प्रवेश गर्न सुरक्षाकर्मीले रोकेपछि उनीहरूले विरोध जनाएका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखेको छ।

गत जेठ ७ गते धनुषास्थित थापाचोक–९ जनकपुरधाममा आरती साहलाई सासू, ससुरा, श्रीमान् र देवर मिलेर दाइजोको निहुँमा निर्घात कुटपिट गरेर हत्या गरेको भन्दै माइतीपक्षले माइतीघर मण्डलमा असार १ गते धर्ना दिँदै आएका छन्।

आरतीका माइतीपक्षले उनका श्रीमान् र ससुराविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए। गत मंसिरमा सर्वोच्च अदालतले आरती साहको मृत्यु भएको घटनामा श्रीमान् मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। ससुरा मदन मोहन साहलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको थियो।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
