संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास तथा संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने उनको भनाइ थियो।
काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माणमा केन्द्रित हुन राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन्।
सोमबारबाट शुरू भएको प्रतिनिधिसभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूले आवश्यक कानून निर्माणसँगै संसदीय गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताएका हुन्। उनले राष्ट्रका साझा मुद्दामा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई एकताबद्ध भएर अघि बढ्न पनि आग्रह गरे।

“चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको छु। राष्ट्रका साझा मुद्दाहरूमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको एकतालाई निरन्तरता दिनै पर्दछ,” उनले भने, “विधिको शासन, पारदर्शिता र जबाफदेहिता आधुनिक लोकतन्त्रका आधार स्तम्भ हुन्। संसद्मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन हाम्रो सामूहिक प्रतिबद्धता जरुरी छ।”
सभामुख घिमिरेले विगतका दुई अधिवेशनमा संसद् नियमावलीको निर्माण तथा विषयगत समितिले पूर्णता पाएसँगै संसदीय गतिविधि क्रियाशील र जीवन्त हुँदै गएको उल्लेख गर्दै उनले चालु अधिवेशन मुलुकका लागि आवश्यक कानून निर्माणमा केन्द्रित हुनुपर्ने भनाइ राखे।

उनले जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै संसद्का चालु अधिवेशन नतिजामुखी हुने विश्वाससमेत व्यक्त गरे। संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास तथा संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने उनको भनाइ थियो।
“संसद्लाई प्रभावकारी, क्रियाशील जीवन्त बनाउन चालु अधिवेशनदेखि केही नयाँ अभ्यास गर्दै छौँ। संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणीसमेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै छौँ,” उनले भने।
सभामुख घिमिरेले लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने भएकाले उनीहरूको भावनाअनुसार सबै राजनीतिक दलहरू अघि बढ्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
