लामिछानेसहितका व्यक्तिमाथि पनि छानबिन हुनुपर्ने माग गर्दै सहकारी पीडितले पूरक जाहेरी दिएको कास्की प्रहरीले जनाएको छ।
पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि छानबिन गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता भएको छ।
पोखराको सूर्यदर्शन ऋण तथा बचत सहकारीको रकम हिनामिनामा नाम जोडिएका लामिछानेसहितका व्यक्तिमाथि पनि छानबिन हुनुपर्ने माग गर्दै सहकारी पीडितले पूरक जाहेरी दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी श्रवणकुमार विकले लामिछानेसहितका व्यक्तिलाई छानबिनको दायरामा ल्याउन माग गर्दै पीडितहरूले पूरक जाहेरी दिएको बताए। यो प्रकरणमा प्रहरीले पूरक अनुसन्धान अगाडि बढाएको पनि उनले जानकारी दिए।
लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक भएका बेला टेलिभिजन सञ्चालन गर्न गैरकानूनी रूपमा सहकारीको पैसा लगेकाले उनीमाथि पनि छानबिन हुनुपर्ने सहकारी पीडितको तर्क छ। सहकारीको रकम हिनामिना गरेर सञ्चालक गितेन्द्रबाबु (जीबी) राई फरार भएका छन्। राईको खोजी गर्न प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गरिसकेको छ। प्रहरीले यो प्रकरणमा अहिलेसम्म चार जनालाई पक्राउ गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
