रोल्पामा वर्षमान पुनको अग्रता कायमै

रोल्पामा १५ हजार २८६ मत गणना हुँदा वर्षमान पुनले तेब्बर मतले अग्रता कायम राखेका छन्।

रोल्पा– रोल्पा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका मतगणना जारी रहेको छ।

जिल्लामा प्रतिनिधिसभातर्फ १५ हजार २८६ मत गणना हुँदासम्म गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका वर्षमान पुनले तेब्बर मतले अग्रता कायम राखेका छन्।

नेकपा माओवादी केन्द्रका नेता पुनले नौ हजार २७७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले तीन हजार ७४७ मत प्राप्त गरेका छन्।

प्रदेशसभा १ मा १२ हजार ८६२ मत गणना हुँदा गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका जोखबहादुर महराले सात हजार ९३३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कमलबहादुर बुढाथोकीले दुई हजार ७४३ मत प्राप्त गरेका छन्।

प्रदेशसभा २ मा ११ हजार ९२१ मत गणना हुँदा स्वतन्त्र तर्फका उम्मेदवार दीपेन्द्रकुमार पुनले चार हजार ६२३ मत प्राप्त गरेका छन्। गठबन्धनका उम्मेदवार कांग्रेसका अमरसिंह पुनले तीन हजार ८०४ मत प्राप्त गरे‍का छन्। नेकपा एमालेका प्रेमबहादुर घर्तिमगरले दुई हजार ५८८ मत प्राप्त गरेका छन्।