कतै हिमपात कतै छिटपुट वर्षाको सम्भावना

अहिले पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। 

काठमाडाैँ– अहिले पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। 

मंगलबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।