ब्रेन्टफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

गए राति सम्पन्न खेलमा फिल फोडेनको ह्याट्रिकले सिटीको  जित सुनिश्चित गर्‍यो। सिटी ३–१ गोलले विजयी भयो।

ब्रेन्टफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ। गए राति सम्पन्न खेलमा फिल फोडेनको ह्याट्रिकले सिटीको  जित सुनिश्चित गर्‍यो। सिटी ३–१ गोलले विजयी भयो।

जीटेक कम्युनिटी स्टेडियममा भएको खेलमा ब्रेन्टफोर्डका निल मोउपेले खेलको २१ मिनेटमा गोल गर्दै शुरूआति अग्रता बनाएका थिए। तर म्यानचेस्टरका फिल फोडेनले लगातार तीन गोल गर्दा पनि ब्रेन्टफवर्डले थप गोल गर्न नसक्दा हारको सामना गर्नुपर्‍यो। फोडेनले ४८, ५३ र ७० औँ मिनेटमा गोल गरेका थिए।

जितसँगै सिटी २२ खेलमा ४९ अंकासाथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। २३ खेलमा ५१ अंक रहेको लिभरपुल शीर्ष र समान खेलमा ४९ अंक रहेको आर्सनल तेस्रो स्थानमा रहेको छ। सिटीसँग पराजित ब्रेन्टफोर्ड २२ खेलमा २२ अंकसहित पन्ध्रौँ स्थानमा छ।