पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन आदि सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेकाहरू हुन्।
काठमाडौँ– विगत ६ महिनामा ३ हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्। चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न ३ हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
उक्त अवधिमा २ हजार ७५८ पुरुष र १४४ जना महिला, १३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्। यीमध्ये १ हजार ९६० मुद्दा दर्ता भएका छन्।
पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन आदि सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेकाहरू हुन्। उनीहरूबाट ८ हजार ३२० किलो गाँजा, ३०८ किलो चरेस, १० किलो हेरोइन, २७ किलो अफिम र ३ किलो कोकिन सोही अवधिमा बरामद गरी नष्ट गरिएको समाचारकक्षले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
