यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति परिषदले सोमबार प्रधानमन्त्री माइन अब्दुलमालिक सइदलाई बर्खास्त गरेसँगै विदेशमन्त्री अवाद बिनलाई नयाँ प्रधानमन्त्री बनाएको हो।
यमनको नयाँ प्रधानमन्त्रीमा विदेशमन्त्री अहमद अवाद बिन मुबारक नियुक्त भएका छन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति परिषदले सोमबार प्रधानमन्त्री माइन अब्दुलमालिक सइदलाई बर्खास्त गरेपछि बिन मुबारकलाई नयाँ प्रधानमन्त्री बनाइएको हो।
अब्दुलमालिक सन् २०१८ देखि यमनका प्रधानमन्त्री थिए। अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले यमनमा इरान समर्थित हुथी विद्रोहीलाई निशाना बनाइरहेको बेला यस्तो निर्णय आएको हो। राष्ट्रपति परिषद्ले भने यो हेरफेरको कारण खुलाएको छैन।
बिन मुबारकलाई हुथी विद्रोहीको कट्टर विरोधीको रूपमा पनि हेरिन्छ। उनी अमेरिकाको लागि पूर्व यमनी राजदूत पनि हुन्। साथै उनलाई साउदीको करिबी पनि मानिन्छ।
यमन सन् २०१४ देखि गृहयुद्धमा फसेको छ। त्यसपछि इरान समर्थित विद्रोही हुथीले राजधानी साना र उत्तरको अधिकांश भाग कब्जा गरेको छ। साउदी अरबको नेतृत्वमा सैन्य गठबन्धनले यमनको गृहयुद्धमा हस्तक्षेप गर्दै आएको छ। यस्तै, साउदीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सत्तामा पुर्नस्थापित गर्न सन् २०१५ देखि हुथी विद्रोही समूहसँग लड्दै आएको छ।
झण्डै एक दशकदेखि चलिरहेको यो गृहयुद्धले पहिलेदेखि नै गरिब अरब राष्ट्र यमनलाई झनै तहसनहस बनाएको छ। हुथी लडाकु र सर्वसाधारण सहित एक लाख ५० हजार भन्दा बढी मानिस मारिएका छन्।
यमनमा गृहयुद्ध अन्त्य गर्ने उद्देश्यले हालैका महिनाहरूमा हुथी र साउदी अरबबीच वार्ता भएको छ। दुवै पक्षले युद्धविरामका लागि सकारात्मक छलफल भएको बताएका छन्।
हुथी–साउदी वार्ता यमनमा जारी द्वन्द्वको राजनीतिक समाधान खोज्ने फराकिलो प्रयासको हिस्सा रहेको छ। तर गत वर्षको अक्टोबरमा इजरायल–हमास युद्ध शुरू भएदेखि शान्ति प्रयासमा बाधा पुगेको छ। हुथी विद्रोहीहरूले लाल सागरमा जहाज मार्गहरूमा आक्रमण गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
