काठमाडाैँ महानगरले खाली गरायो शान्तिबाटिका (तस्वीरहरू)

माइतिघरको निषेधाज्ञापछि आन्दोलनकारीहरू विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका थिए।

काठमाडाैँ– काठमाडाैँ महानगर प्रहरीले रानीपोखरीसँगै रहेको शान्तिबाटिका खाली गराएको छ। प्रदर्शनकारी तथा विभिन्न आन्दोलनरत समूह बस्दै आएको बाटिका मंगलबार खाली गराएको हो।

माइतिघरको निषेधाज्ञापछि आन्दोलनकारीहरू विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका थिए। यस्तै, मिटरब्याज पीडित निषेधाज्ञा भन्दा अगाडिदेखी नै यस ठाउँमा बस्दै आएका थिए।