नेपाल रहेको समूहमा सिरियासँगै इराक र प्यालेस्टाइन छन्। नेपालले आफ्नो पहिलो खेल फागुन ७ गते सिरियासँग खेल्ने छ।
काठमाडाैँ– नेपालले साउदी अरबमा हुने वाफ (पश्चिम एशियाली फुटबल महासंघ) महिला च्याम्पियनसिप २०२४ को पहिलो खेल सिरियासँग खेल्ने भएको छ।
खाडी राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा यसपटक नेपाललाई आमन्त्रित टोलीको रूपमा पठाउने निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको हो। प्रतियोगिता फागुन ६ देखि १६ गतेसम्म बुरेद्दामा आयोजना हुने छ।
प्रतियोगितामा नेपालसँगै आयोजक साउदी, साविक विजेता जोर्डन, गुआम, इराक, लेबनान, प्यालेस्टाइन र सिरियाले सहभागिता जनाउने छन्। नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा सिरियासँगै इराक र प्यालेस्टाइन रहेका छन्। नेपालले आफ्नो पहिलो खेल फागुन ७ गते सिरियासँग खेल्ने छ।

दोस्रो खेल फागुन १० गते इराक र समूह चरणको अन्तिम खेल फागुन १२ गते प्यालेस्टाइनसँग खेल्ने छ। सबै खेल किंग्स अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुने छन्। अर्को समूहमा आयोजक साउदीसँगै साविक विजेता जोर्डन, गुआम र लेबनान छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
राजेन्द्र तामाङको मुख्य प्रशिक्षणमा नेपाली टोलीले तयारी गरिरहेको छ। टोलीमा कमला राखल र श्याम मानन्धरले सहायक प्रशिक्षकको भूमिका निर्वाह गर्ने छन्। म्यानेजरमा बिन्द्रा दिवान र गोलकिपर प्रशिक्षकमा उज्जवल मानन्धरलाई जिम्मेवारी दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
