आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा उद्योगमा सिल गरिएको हो।
काठमाडौँ– म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर बिक्री गर्दै आएको ललितपुरको महालक्ष्मी नगरपालिका-८ स्थित मिनाक्षी खाद्य उद्योग सिल गरिएको छ।
यस उद्योगले विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरूमा नयाँ लेबलिङ गर्ने आफूखुशी बजारमा बिक्रीवितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा सिल गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले स्थानीय जन प्रतिनिधिको रोहबरमा उक्त उद्योग सोमबार सिल गरेको हो।
उद्योगमा 'एक्सपायरी डेट' मेट्न प्रयोग गरिने स्प्रिट, मिति रिलेबलिङ गर्ने मेसिन,फार्म सिटी ब्रान्डको कर्नफ्लेक, चोको, ओट्स तथा मुसेलीहरूमा गलत 'एक्सपायरी डेट' राखिएको र बादसाह ब्रान्डको म्याद गुज्रिएका विभिन्न मसालाहरू एकै ठाउँमा राखिएको अनुसन्धानको क्रममा पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
साथै मिनाक्षी खाद्य उद्योगका संचालकलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आवश्यक कागजातसहित ३ दिनभित्र उपस्थित हुन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
