केपी ओली कप : मच्छिन्द्र र जावलाखेलले सिधै सेमिफाइनल खेल्ने

आयोजक राष्ट्रिय युवा संघ, नेपालले मंगलबार ‘ट्राइसिट’ सार्वजनिक गर्दा मच्छिन्द्र र जावलाखेलले ‘बाइ’ पाएका हुन्।

काठमाडौँ– साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबले सिधै केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल्ने भएका छन्। आयोजक राष्ट्रिय युवा संघ, नेपालले मंगलबार ‘ट्राइसिट’ सार्वजनिक गर्दा मच्छिन्द्र र जावलाखेलले ‘बाइ’ पाएका हुन्।

यस्तै, आयोजक केपी ओली फुटबल क्लबले चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टारसँग खेल्ने छ। दिल्ली फुटबल क्लबले मानेभञ्ज्याङ क्लब र त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग खेल्ने छ। 

प्रतियोगिताको उद्घाटन खेल केपी ओली फुटबल क्लब र चर्च ब्याइजबीच हुने छ। खेल एन्फा टेक्निकल सेन्टर च्यासलमा फागुन ११ गते हुने छ। सेमिफाइनल र फाइनल खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ।