सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ। खेल बिहान ९:१५ बजे शुरू हुने छ।
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणत्मक एक दिवसीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल नामिबियासँग फागुन ३ गते खेल्ने छ।
यस्तै, दोस्रो खेल नेदरल्यान्ड्ससँग फागुन ५ गते खेल्ने छ। तेस्रो खेल ९ गते नामिबिया र अन्तिम खेल १३ गते नेदरल्यान्ड्ससँग खेल्ने छ।
सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ। खेल बिहान ९:१५ बजे शुरू हुने छ। राउन्ड रोबिनमा हुने प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्ससहित आठ टोलीको सहभागिता रहने छ।
गत वर्ष सम्पन्न लिगका ३६ खेल खेलेको नेपाल ४० अंक जोड्दै तेस्रो भएको थियो। १ अंक कम जोडेको नामिबिया चौथो भएको थियो। नेदरल्यान्ड्स भने सुपर लिगमा पुछारमा रहँदै लिग २ मा घटुवा भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
