दाङ–२ मा रेखा शर्माको अग्रता कायमै

ताजा मतपरिणामअनुसार शर्माले नेकपा एमालेका शंकर पोखरेललाई १९ सय १३ मतले पछि पारेकी छन्।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ–२ नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायमै राखेकी छन्। 

ताजा मतपरिणामअनुसार शर्माले नेकपा एमालेका शंकर पोखरेललाई १९ सय १३ मतले पछि पारेकी छन्।

शर्माले १० हजार ५६० मत ल्याउँदा निकटम प्रतिस्पर्धी रहेका पोखरेलले ८ हजार ६४७ मत पाएका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी ४ हजार ३३९ मतसहित तेस्रो स्थानमा छन्।