एसीसी महिला प्रिमियर कपका लागि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक मनोज कटवालले इन्दु बर्माको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेका छन्।
काठमाडौँ– मलेसियामा शनिबारदेखि शुरू हुने एसीसी महिला प्रिमियर कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाली महिला टोलीका मुख्य प्रशिक्षक मनोज कटवालले मंगलबार इन्दु बर्माको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेका हुन्।
कटवालले दोस्रो चरणमा छनोट भएका १८ जनाबाट अन्तिम १४ सदस्सीय टोली घोषणा गरेका हुन्। दोस्रो चरणमा बोलाइएकोबाट सबनम राई, लक्ष्मी साउद यशोदा विष्ट र खुशी डंगोल अन्तिम १४ मा समेटिन सकेनन्।
टोलीमा डोली भट्ट, कविता जैशी, अप्सरी बेगम र कविता कुँवरले पुनरागमन गरेका छन्। उनीहरू गत कात्तिकमा हङकङमा भएको घरेलु टोली, नेपाल, तान्जिनिया र जापानसम्मिलित चारदेशीय महिला टी२० श्रृंखलामा राष्ट्रिय टोलीमा थिएनन्।
टोलीमा कप्तान इन्दुसँगै उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री बेलबासे, सीता रानामगर, काजोल श्रेष्ठ, पुजा महतो, संगीता राई अप्सरी बेगम, कविता जैशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डोली भट्ट र अस्मिना कर्मचार्य रहेका छन्।
शनिबारदेखि मलेसियामा हुने प्रतियोगिता फागुन ६ गतेसम्म आयोजना हुने छ। प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, बहराइन, भुटान, चीन, हङकङ, इन्डोनेसिया, जापान, कुवेत र माल्दिभ्स सहभागि छन्।
यस्तै, म्यानमार, ओमान, कतार, सिंगापुर, थाइल्यान्ड र यूएईको पनि प्रतियोगितामा सहभागिता रहने छ।नेपाल समूह ‘डी’मा रहेको छ। नेपाल रहेको समूहमा भुटान, माल्दिभ्स र हङकङ रहेका छन्।
नेपालले शनिबार हङकङसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्ने छन्। दोस्रो खेल माघ २८ गते भुटानसँग खेल्ने छ। चौथो तथा समूह चरणको अन्तिम खेल फागुन १ गते माल्दिभ्ससँग खेल्ने छ। प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने छन्। सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले एशिया कपमा स्थान बनाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
