तराईमा बिहानैदेखि हुस्सु, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना

दिउँसो, लुम्बिनी र सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको छ।

तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो, लुम्बिनी, सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

यसैगरी, राति गण्डकी र कर्णालीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा राति पनि हल्का हिमपातको सम्भावना छ।

हिमपात र हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा यातायातमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।