दक्षिण कोरियालाई हराउँदै जोर्डन एशियन कपको फाइनलमा

जोर्डन दुई पटकको विजेता दक्षिण कोरियालाई २–० ले हराउँदै पहिलो पटक एशियन कप फुटबलको फाइनलमा पुगेको छ। 

तस्वीर: सिन्ह्वा

काठमाडौँ– दुई पटकको विजेता दक्षिण कोरियामाथि सानदार जित हासिल गर्दै जोर्डन एशियन कपको फाइनलमा प्रवेश गरेको छ। 

मंगलबार जोर्डनले दक्षिण कोरियालाई २–० ले पराजित गरेको हो। जोर्डन यसअघि क्वार्टरफाइनलभन्दा अघि पुग्न सकेको थिएन।

कतारमा भएको खेलमा जोर्डनका याजान अल नैमातले ५३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ६६औँ मिनेटमा मूसा अल तमारीले गोल गर्दै सानदार जित दिलाए।  

जोर्डनले अब उपाधिका लागि कतार र इरानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।