त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा थापाले सबै विश्वविद्यालयको नेतृत्व नियुक्ति राजनीतिक भागबन्डाको आधारमा नगर्न सचेत गराएका छन्।
काठमाडौँ– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विश्वविद्यालयको नेतृत्व राजनीतिक भागबन्डाको आधारमा नियुक्ति नगर्न सरकारसँग आग्रह गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा उनले सबै विश्वविद्यालयको नेतृत्व नियुक्ति राजनीतिक भागबन्डाको आधारमा नगर्न सचेत गराएका हुन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले नागरिकले प्रश्न उठाउने मौका नपाउने गरी विश्वविद्यालयको नेतृत्व नियुक्ति गर्नुपर्ने बताए। उनले विद्यालयमा बालबालिकाले सिक्ने वातावरण निर्माण गर्ने काममा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए।
“सरकारले मौका पाएको बेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयको नेतृत्व भागबन्डा नगरीकन नियुक्ति गर्दा खेरी नै कुनै पनि नागरिकले टिप्पणी गर्न नसक्ने गरी बनाउने मौकाबाट चुक्यो भने हाम्रा कुरा, कुरा मात्रै हुन्छन्,” उनले भने।
महामन्त्री थापाले संघीयतासँग सम्बन्धित कानून निर्माणमा सरकारले संसद्को चालु अधिवेशनमा विशेष ध्यान दिने विश्वाससमेत व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
