नेप्सेमा सामान्य अंकको सुधार, २०९०.६४ को विन्दुमा कायम

बुधबार नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा कायम भएको हो।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक ४.९२ अंकले बढेर २ हजार ९०.६४ को विन्दुमा कायम भएको हो।

आज विभिन्न ३१३ कम्पनीका ७७ लाख ३२ हजार २४ कित्ता शेयर ६५ हजार ४६३ पटक खरिदबिक्री हुँदा २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँ बराबरको कारोबार भएको छ।

वित्त समूह ०.०४, उत्पादन तथा प्रशोधन समूह ०.१७, निर्जीवन बीमा समूह ०.३९, व्यापार समूह शून्य दशमलव १२ र अन्य समूह १.५३ प्रतिशतले घटेको छ। 

आजको कारोबारमा सबैभन्दा बढी होटल तथा पर्यटन समूह १.५० र जीवन बीमा समूह १.२९ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ समूह ०.२६, विकास बैंक समूह ०.३०, जलविद्युत् समूह ०.९४, लगानी समूह ०.४० र म्युचुअल फन्ड ०.४२ प्रतिशतले बढेको छ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने एनसीसी डिभेन्चर–२०८६ ५.२५ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २४ करोड ८२ लाख ६८ हजार ३८ रुपैयाँ बराबरको ३ लाख ५४ हजार २५८ कित्ता शेयर किनबेच भएको छ।