नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबारदेखि क्यानडासँग तीन एक दिवसीय शृंखला खेल्दै छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले क्यानडासँग बिहीबारदेखि हुने शृंखलाका लागि राम्रो टोली बनेको बताएका छन्। नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबारदेखि क्यानडासँग तीन एक दिवसीय शृंखला खेल्दै छ।
उक्त शृंखलाअघि बुधबार सञ्चार्कमीहरूसँग बोल्दै उनले विषेश तयारी गर्न नपाए पनि टिम सेट रहेको जानकारी दिए। “दुई दिनमात्रै थियो प्रिपिरेसनको लागि। त्योभन्दा अगाडि प्रधानमन्त्री कप थियो। प्रधानमन्त्री कपमा ५० ओभरको गेम थियो। लामो प्रतियोगिता पनि भयो,” उनले भने, “९ खेल खेल्न पाउँदा राम्रो एक्स्पोजर मिल्यो। नियमित खेलिरहेको हुँदा टोली सेट छ।”
दुई दिनमा टोलीले राम्ररी अभ्यास गरेको बताउँदै उनले खेलाडीहरू शृंखलालाई लिएर उत्साहित रहेको प्रतिकृया दिए। क्यानडाविरुद्ध राम्रो नतिजा ल्याउनेमा उनी आशावादी देखिए। क्यानडसँगको शृंखलामा उमेर समूहको विश्वकप खेलेका आकाश चन्दले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। यस्तै, नेपाललाई उमेर समूहको विश्वकपमा पुर्याएका हेमन्त धामी पनि टोलीमा छन्। बागमती प्रदेशका रिजन ढकालले पनि पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। यसैगरी मधेश प्रदेशका अनिल साह र पवन सराफले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
यसपटक करण केसी र गुल्शनकुमार झा टोलीमा हुने छैनन्। यद्यपि, सोमपाल कामी र ललितनारायण राजवंशीले कभर गर्ने रोहितले बताए। यो शृंखला खेल्ने नयाँ खेलाडीको लागि पनि आफूलाई प्रमाणित गर्ने मौका रहेको उनले बताए।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईंले पनि प्रधानमन्त्री कप यसपटक नयाँ शैलीमा आयोजना भएको र नयाँ खेलाडी उत्पादन भएको बताए। यही प्रतियोगिता खेलेका खेलाडी टोलीमा भएको कारण शृंखला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने बताए।
“क्यानले यसपटक नयाँ शैलीमा प्रतियोगिता आयोजना गरेर राम्रो गरेको थियो। तीनवटा मैदानमा खेल भयो। प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याएको छ। शृंखलाका लागि दुई दिनमात्र अभ्यास गर्न पाइयो तर उत्साहित छौँ। शृंखला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
