नापी कार्यालयका २ कर्मचारी १ लाख घुसहित पक्राउ

उनीहरूले जग्गा हाल साविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भनेर सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए।

काठमाडाैँ– नापी कार्यालय कलंकी, काठमाडौँमा कार्यरत दुई कर्मचारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। कार्यालयका सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी कर्मचारी नेत्रमणि पोखरेल पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्। उनीहरूले जग्गा हाल साविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भनेर सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए। यसबारे थप अनुसन्धान भइरहेको घिमिरेले बताए।