प्रहरीका अनुसार सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिएका अपराधका नयाँ प्रवृत्ति र शैलीले साइबर अपराध अनुसन्धानमा चुनौती थपेको छ।
काठमाडौँ– चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराधसम्बन्धी १३ हजार ३३० वटा उजुरी परेका छन्।
तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार ४२५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार ९०५ वटा रहेका छन्। साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालमा राख्ने, अश्लील तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने सरकारी तथा अन्य संघसंस्थाको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्नेजस्ता प्रवृत्ति बढेको पाइएको छ।
प्रहरीका अनुसार सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धानमा चुनौती थपेको छ।
सात महिनाको अवधिमा दर्ता भएका निवेदनमध्ये फेसबुक मेसेन्जरको दुरुपयोगका नौ हजार ३५० वटा, भाइबरका १६ वटा, इमोका छ वटा, युट्युबका ३९ वटा, ट्विटरका छ वटा, इन्स्ट्राग्रामका ४३२ वटा, वेबसाइट ह्याकिङका छ वटा, टिकटकका ६६७ वटा, इमेलका ८० वटा, ई–सेवाका १९० वटा र अन्य साइबर अपराधतर्फ ११८ वटा रहेका छन्।
यसैगरी, सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध सामाजिक सञ्जाल ह्याकका ४०३ वटा, उपहार र पैसा पठाएकोसम्बन्धी २६४ वटा, लट्री परेको प्रलोभन देखाइ ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर कोठा खोजी दिनेतर्फ ३५ वटा, बैंक तथा वालेट अफिसबाट बोलेको भनेर एकाउन्ट ह्याकका १५२ वटा छन्।
मास्टर कार्ड र मनी एक्सचेन्जसमेत ६१ वटा, भिडिओ सेयरिङ र ब्ल्याकमेलिङका ३५ वटा, क्रिप्टोसँग सम्बन्धित ९५ वटा, अनलाइन सपिङका ४६० वटा, सामाजिक सञ्जाल फेक आईडी ६७ वटा र अन्य साइबर अपराधमा २६२ वटा उजुरी परेको प्रहरीको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
