सुरक्षा परिषद् गहिरोसँग विभाजित भएको र इजराइल–हमास युद्धजस्ता महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गर्न असमर्थ रहेको महासचिव गुटेरेसले बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसार अराजकताको युगमा प्रवेश गरिरहेको बताएका छन्।
सुरक्षा परिषद् गहिरोसँग विभाजित भएको र इजराइल–हमास युद्धजस्ता महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गर्न असमर्थ रहेको उनको भनाइ छ।
अक्टोबर ७ यता इजरायलले गाजापट्टीमा लगातार बमबारी र स्थल आक्रमण गरिरहेको छ। इजरायली अभियानबाट १० लाखभन्दा बढी मानिस दक्षिणतर्फ विस्थापित भएका छन्।
“यो तत्काल मानवीय युद्धविराम र सबै बन्धकको बिनासर्त रिहाइको समय हो,” बुधबार राष्ट्रसंघीय महासभामा आफ्नो सन् २०२४ का प्राथमिकता प्रस्तुत गर्दै गुटेरेसले भने, “इजरायली सशस्त्र बलले दक्षिणी शहर राफामा दबाब दिए यसले अनपेक्षित क्षेत्रीय परिणाम ल्याउनेछ।”
सेप्टेम्बरमा आयोजना हुने शिखर सम्मेलन खतरनाक समस्या सम्बोधन गर्ने महत्त्वपूर्ण स्थलका रूपमा रहने उनको भनाइ छ। “राष्ट्रसंघीय सुरक्षा परिषद्, वैश्विक शान्तिका सवालमा प्राथमिक मञ्च, भूराजनीतिक दरारका कारण गतिरोधमा छ,” उनले भने, “परिषद्लाई विभाजित गरिएको यो पहिलो पटक होइन तर यो सबैभन्दा खराब हो। अहिलेको शिथिलता अझ गहिरो र अधिक खतरनाक छ।”
शीत युद्धको समयमा महाशक्ति सम्बन्धलाई व्यवस्थित गर्न स्थापित प्रणाली आजको बहुध्रुवीय विश्वमा हराएको महासचिव गुटेरेसको भनाइ छ। “हाम्रो संसार अराजकताको युगमा प्रवेश गरिरहेको छ। यो सबैका लागि खतरनाक, अप्रत्याशित र पूर्ण रूपमा दण्डहीनता हो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
