क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल, सूर्य र रिजनले डेब्यु गर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले क्यानडाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।

काठमाडौँ– क्यानडासँगको तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

क्यानडाविरुद्ध सूर्य तामाङ र रिजन ढकालले डेब्यु गर्ने भएका छन्। स्पिनर सूर्यले यही महिना सकिएको प्रधानमन्त्री एक दिवसीय प्रतियोगितामा बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ९ इनिङ्समा २४६ रन खर्चिएर सर्वाधिक ३० विकेट लिएका थिए।

पेस बलर रिजनले पनि बागमती प्रदेशबाट प्रधानमन्त्री कप खेलेका थिए। उनले ९ इनिङ्समा २८० रन खर्चिएर १५ विकेट लिएका थिए।