विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा वृद्धि भएको तथ्यांकलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने खतिवडाको भनाइ छ।
काठमाडौँ– पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा भएको सुधारलाई देखाएर अर्थतन्त्रमा सुधार आयो भन्न नसकिने बताएका छन्।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा वृद्धि भएको तथ्यांकलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने बताए। मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक परिसूचकले विदेशी मुद्रा सञ्चिति र विप्रेषण रेमिट्यान्समा वृद्धि भएको देखाएको थियो।
अर्थतन्त्रमा उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र र बाह्य क्षेत्रमध्ये अहिले बाह्य क्षेत्र मात्रै राम्रो भएको उनको दाबी छ। “मुलुकको अर्थतन्त्र राम्रो छ भन्नु सरकारको धर्म हो,” उनले भने, “राम्रो छ भनेर सरकार ढुक्कसँग बस्ने अवस्था छैन। अर्थतन्त्रमा सुधार केही भएको छैन। देश आर्थिक रूपमा चल्न सकेको छैन।”
सरकारको आन्तरिक खर्च, वित्तीय प्रणालीमा हुने खर्च र उत्पादन वृद्धि नहुँदा, बाह्य क्षेत्रबाट हुने मागमा कमी हुँदा विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको उनको भनाइ छ। पछिल्लो दुई वर्षमा १५ लाख युवा विदेश गएकाले उनीहरूले पठाएको रेमिट्यान्सको कारण पनि विदेशी मुद्राको सञ्चिति बढेको खतिवडाले बताए।
खतिवडाले निर्माण क्षेत्र नकारात्मक रूपमा प्रभावित भएको र आयात कम भएपछि ढुवानी तथा यातायात व्यवसाय अवरुद्ध रहेको बताए। चालु आर्थिक वर्षमा चार प्रतिशतको आर्थिक वृद्धि हुन नसक्ने उनको दाबी छ।
“अघिल्लो वर्ष सात प्रतिशत आर्थिक वृद्धि भएको भए अहिले चार प्रतिशत राम्रो नै हुने थियो। उत्पादन ठिक छैन। रोजगारीको अवसर देशभित्रै भएको भए सबै युवा विदेश जाने थिएनन्, ”राष्ट्र बैंकका पूर्वगभर्नर समेत रहेका खतिवडाले भने, “१४ खर्ब २२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य भए पनि ११ खर्बसमेत उठाउन मुस्किल छ। बैंकहरू कर्जा दिन नसक्ने अवस्थामा छन्। मुलुक आर्थिक संकटकै अवस्थामा नपुगे पनि चरम आर्थिक मन्दीमा पुग्ने देखिन्छ।”
मुलुकलाई आवश्यक विदेशी वस्तुको आयात गर्न विदेशी मुद्राको अभाव नहुने खतिवडाको भनाइ छ। सरकारले आयात खुकुलो गरेर विदेशी मुद्रा सञ्चिति खर्च गरेर राजस्व बढाउनतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
