सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत ११२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ। यहाँ दैनिक २०० भन्दा बढी सवारी ओहोरदोहोर गर्छन्।
धनकुटा– तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन्।
सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत ११२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ। भारतको जोगबनीबाट पूर्वी नेपाललाई ओलाङ्चुङगोला हुँदै चीनसँग जोड्ने यस करिडोर भएर दैनिक नियमित सवारी साधन चल्ने गरेका छन्।
करिडोरमा यातायातको चहलपहल बढेपछि अहिले धनकुटाको साँगुरी गाउँपालिका र चौबिसे गाउँपालिकामा पर्ने २८ किलोमिटर करिडोर सडक किनारमा होटल सञ्चालन गर्ने क्रम बढेको हो। २५ वर्षअघि शिक्षा र अवसरका लागि धनकुटा सदरमुकाम आएका चौबिसे गाउँपालिका–३ का केशर लिम्बू अहिले गाउँ फर्किएर होटल गर्न थालेका छन्। उनले चौबिसे–४ फलामेटारमा त्रिवेणी होटल सञ्चालन गरेका हुन्।
१० वर्षका लागि जमिन र घरभाडामा लिएर २५ लाख रुपैयाँको लागतमा होटल र लज सेवा शुरू गरेको लिम्बूले जानकारी दिए। हाल कच्ची सडक भएको अवस्थामा करिडोरबाट २०० बढी साना–ठूला सवारी साधन आवतजावत गरिरहेका छन्। “हाल यस क्षेत्रमा दिन प्रतिदिन होटल थपिने क्रम बढेको छ,” उनले भने।
सोही स्थानमा जोरपाटी गाउँपालिका–४ का हरि ओझाले घरभाडामा लिएर सात लाख लागतमा होटल सञ्चालन गरिरहेका छन्। उनको दैनिक १५ हजारदेखि ३० हजार रुपैयाँसम्म व्यापार हुने गरेको छ।
चौबिसे–४ सदमटारकी ४३ वर्षीया सुस्मिता लिम्बूले पनि होटल सञ्चालन गर्नका लागि २० लाख खर्चेर पक्की घर बनाएकी छन्। कृषि पेसामा आबद्ध उनले सडक कालोपत्र भएपछि सानोतिनो होटल व्यवसाय सञ्चालन गर्ने मनस्थिति बनाएको सुनाइन्।
त्यस्तै साँगुरीगढी गाउँपालिका–१ का जीवन देवानको पनि धरान–धनकुटा कोशी राजमार्गको मुलघाटस्थित पाँचथर जाने करिडोर प्रवेशद्वार लाबरबोटेमा होटल छ। यात्रु तथा यातायात व्यवसायीको सुझावमा हालै १० लाख लागतमा होटल थालेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
