त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनाएको छ। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए।
काठमाडौँ– कुशल भुर्तेलको अर्धशतक प्रेरित घरेलु टोली नेपालले तीन खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनाएको हो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए। पहिलो विकेटका लागि कुशल र आशिफ शेखबीच ४८ रनको साझेदारी भएको थियो।
आशिफ २४ बलमा ८ रन बनाएर १०औँ ओभरको पहिलो बलमा थर्डम्यानमा रहेका नवनित धालिवालबाट क्याच आउट भए।
१५औँ ओभरको तेस्रो बलमा कप्तान रोहितकुमार पौडेल ८ रनमै आउट भए। उनले १७ बलमा १ चौका प्रहार गरेका थिए।
१९औँ ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल स्टम्पिङ भए। क्रिजमा टिकेर खेलिरहेका उनी साद बिन जाफरको बलमा विकेटकिपर श्रेयस मोभाबाट स्टम्पिङ भएका हुन्। उनले ५८ बलमा ९ चौका र १ छक्कासहित ६२ रन बनाए।

सन् २०२१ सेप्टेम्बर ७ मा ओमानस्थित अल इमिरेतमा पपुवा न्यू गिनीविरुद्धको शृंखलामार्फत् डेब्यु गरेका उनको यो सातौँ अर्धशतक हो। ४७ ओडीआई खेल्दा नामिबियासँग मात्रै शतक प्रहार गरेका छन्।
सन् २०२३ मा कीर्तिपुरमा भएको लिग २ मा उनले नामिबियाविरुद्ध ११५ रनको इनिङ्स खेलेका थिए।
२३औँ ओभरको तेस्रो बलमा भीम सार्की एलबीडब्ल्यू आउट भए। उनले २६ बलमा २ चौकासहित १७ रन बनाए। उनी जाफरको बलमा आउट भएका हुन्।
३०औँ ओभरको तेस्रो बलमा कुशल मल्ल डीप स्क्वायरमा निकोलस किर्टनबाट ३२ बलमा १ चौका र १ छक्कासहित २० रन बनाएर क्याच आउट भए। उनी हर्श ठाकरको बलमा आउट भएका हुन्।
नेपालको छैटौँ विकेट ३९औँ ओभरको पाँचौँ बलमा खस्यो। उदय भगवानले आरिफ शेखलाई ३८ रनमा बोल्ड गरे। उनले ५० बलमा ४ चौका प्रहार गरे।
४२औँ ओभरको पहिलो बलमा पवन सर्राफ पनि एलबीडब्ल्यू आउट भए। उनले ३४ बलमा १ चौकासहित १५ रन बनाए। उनलाई शाहिद अहमजाईले आउट बनाएका हुन्। राष्ट्रिय टोलीमा पूनरागमन गरेका उनको यो नै सर्वाधिक रन हो। सन् २०२२ जुलाई १६ मा नामिबियाविरुद्ध भएको लिग २ मा सर्वाधिक १० रन बनाएका थिए।

आठौँ नम्बरमा कृजमा आएका सोमपाल कामीले २३ बलमा १ चौका र २ छक्कासहित २७ रन बनाए। उनी ४९औँ ओभरको पाँचौँ बलमा मिडअफमा प्रगत सिंहबाट क्याच आउट भए। भगवानको बलबाट आउट हुनुअघि सोमपालले डेब्यु ब्वाइ सूर्य तामाङसँग ३७ रनको साझेदारी गरे।
सूर्य १० रनमा अविजित रहँदा रिजन ढकाल ४ र ललितनारायण राजवंशी १ रनमा पेभिलियन फर्किए।
क्यान्डका उदय भगवानले सर्वाधिक ३ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले १ मेडनसहित ४० रन खर्चिए। साद बिन जफर र ईश्वरजोत सोहीले २/२ विकेट लिए। शाहिद अहमजाई र हर्श ठाकरको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
