३ हजार २०० मेगापिक्सेलको यस क्यामेराको सहयोगमा ब्रह्माण्डको अध्ययनमा अभूतपूर्व सफलता मिल्ने वैज्ञानिकहरूको विश्वास छ।
दक्षिण अमेरिकी देश चिलीका खगोल वैज्ञानिक विश्वको सबैभन्दा ठूलो डिजिटल क्यामेराको सहयोगले ब्रह्माण्डको रहस्य पत्ता लगाउने प्रयासमा छन्। एक गाडी जत्रो यो क्यामेराले अहिलेसम्म नखिचिएका तस्वीर खिच्न सक्ने वैज्ञानिकहरूको विश्वास छ।
उत्तरी चिलीको मरुभूमियुक्त पहाडस्थित भेरा सी रुबिन वेधशालाका खगोल वैज्ञानिक ब्रह्माण्डको अध्ययनमा क्रान्ति ल्याउने विश्वासमा छन्। यसको लागि उनीहरूले दुनियाँकै सबैभन्दा ठूलो डिजिटल क्यामेरालाई एक दुरबिनसँग जोडेका छन्।
यो वेधशाला चिलीको राजधानी सेन्टियागोबाट ५६० किलोमिटर उत्तरमा पर्छ। दुई हजार ५०० मिटर उचाइमा रहेको वेधशालाको प्रबन्ध अमेरिकाको सोध केन्द्र नोइरल्याबले गरिरहेको छ। सोध केन्द्रका उप निर्देशक स्टुअर्ट कोर्डर यो योजना सफल भएमा खगोल शास्त्रमा अभूतपूर्ण परिवर्तन ल्याउने विश्वास गरिएको बताउँछन्।
चिलीको आकाश विश्वमै सबैभन्दा सफा मानिन्छ। त्यसैले यहाँ अन्तरिक्ष अध्ययनको लागि ठुलठूला केन्द्रहरू बनेका छन्। विश्वका शक्तिशाली टेलिस्कोपमध्ये एकतिहाई यहीँ रहेका छन्।

रुबिन बेधशालामा जडान गरिएको क्यामेराको पहिलो काम दश वर्षसम्म पूरै आकाशको समीक्षा गर्ने हो। यो समीक्षालाई ‘लिगेसी सर्भे अफ स्पेस टाइम’ भनिएको छ। यस समीक्षाले करिब २ करोड आकाशगंगा , १.७ अरब तारा र ६० लाख अन्य ब्रह्माण्डीय वस्तुहरूको बारेमा जानकारी दिने वैज्ञानिकहरूले आशा गरेका छन्। यस अध्ययनबाट, वैज्ञानिकहरूले हाम्रो मिल्की वेको नक्सा बनाउन पनि सक्षम हुने बताइएको छ।
८० करोड डलर अर्थात् नेपाली १ खर्ब अमेरिकी डलर लागत अनुमान गरिएको यस क्यामेरले सन् २०२५ मा पहिले तस्वीर लिनेछ। यस नयाँ क्यामेराबाट ३ हजार २०० मेगापिक्सेलको तस्वीर खिच्न सकिनेछ। यसको मतलब यो तस्वीर औसत टेलिभिजन तस्वीर भन्दा लगभग ३०० गुणा ठूलो हुनेछ।
यो क्यामेरा क्यालिफोर्नियामा बनाइएको हो। यो अहिलेको विश्वको सबैभन्दा ठूलो डिजिटल क्यामेराभन्दा तीन गुणा शक्तिशाली हुनेछ।
हाल विश्वको सबैभन्दा शक्तिशाली क्यामेरा ८७० मेगापिक्सेलको हाइपर सुप्रिम–क्याम हो जुन जापानमा जडान गरिएको छ। चिलीमा हाल उपलब्ध सबैभन्दा शक्तिशाली क्यामेरा ५२० मेगापिक्सेलको रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
