बसको ठक्करबाट भारतीय युवकको मृत्यु

श्रीराम स्कुलको बसले ठक्कर दिँदा साइकल यात्री भारत मधुवनीका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको हो। 

महेन्द्रनगर– धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

जनकपुरधाम–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कुलको बसले ठक्कर दिँदा बिहीबार एक भारतीय नागरिकको ज्यान गएको हो। 

धनुषाका एसपी मित्रबन्धु शर्माका अनुसार बा२प ७६० नं को बसले साइकल यात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुरमा ससुरालीमा बस्दै आएका २७ वर्षीय ममताज कवारीलाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते उनको प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदा बाटोमै मृत्यु भएको हो। 

बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का रामजस मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।