अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन दिएका हुन्।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वैशाखमा सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई भव्य बनाउन सबैको प्रयास जरुरी रहेको बताएका छन्।
बिहीबार अर्थ मन्त्रालयमा बसेको तेस्रो लगानी सम्मेलन, २०८१ निर्देशक समितिको बैठकमा अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन दिएका हुन्।
मन्त्री डा. महतले लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश दिनका लागि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताए।
लगानी सम्मेलनको निर्देशक समितिका संयोजकसमेत रहेका अर्थमन्त्री. डा महतको संयोजकत्वमा सम्पन्न सो बैठकमा लगानी सम्मेलनलाई लक्षित गरी तयार भएको नीति, कानून तथा संरचनागत सुधारसम्बन्धी प्रतिवेदन तथा परियोजनाका सम्बन्धमा छलफल भएको थियो।
मन्त्री डा. महतले आगामी जुनमा विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाले (आईडी)को सम्मेलन नेपालमा आयोजना गर्न विश्व बैंक तयार रहेकोसमेत जानकारी दिए। “औपचारिक पत्र केही दिनमा आउँदै छ। अहिलेसम्म सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुनेछ। विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशका प्रतिनिधिको सम्मेलनमा सहभागी रहनेछ,” उनले भने।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले लगानी सम्मेलनलाई लक्षित गरी हालसम्म विभिन्न क्षेत्रका १०५ वटा योजना वर्गीकृत भइसकेको जानकारी दिए। निजी क्षेत्रबाट समेत थप योजना आउने प्रतिबद्धता आइरहेको उनले बताए।
अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. कोषराज पाण्डेले विदेशी लगानीलाई सहज ढंगले भित्र्याउने र लगानी सुरक्षित बनाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए। लगानीका लागि सहज वातावरण बनाउन सके सम्मेलनको सार्थकता थप बढ्ने उनको भनाइ थियो।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए। वातावरणमैत्री उद्योग निर्माणका लागि नीतिहरू सहज बनाउनु आवश्यक रहेको उनको भनाइ थियो।
नीति, कानुन तथा संरचनागत सुधार कार्यदलका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले कानूनी तथा नीतिगत सुधारका सम्बन्धमा तयार भएको प्रतिवेदन प्रस्तुत गरेका थिए।
बैठकमा तेस्रो लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजना तयारीका सम्बन्धमा प्राविधिक समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले प्रस्तुतीकरण दिएका थिए। प्राविधिक समितिले परियोजना अध्ययनको विभिन्न चरणमा रहेका परियोजना वर्गीकरण गरी परियोजनाको प्रारम्भिक सूची तयार गरी थप गृहकार्य अघि बढाएको छ।
लगानी सम्मेलनसम्बन्धी समग्र तयारीबारे लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विस्तृत प्रस्तुतीकरण दिएका थिए। छलफलमा सरोकारवाला मन्त्रालयका मन्त्री, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
