काठमाडौँ-३ बाट कांग्रेसका चालिसे निर्वाचित

नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गर्दै चालिसे निर्वाचित भएका छन्।

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ–३ बाट नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका छन्। 

चालिसेले १५ हजार १५८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण राईले ११ हजार १९६ मत प्राप्त गरेका छन्। 

राई २०७४ सालमा यसै क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।