सीआईबीका एसएसपी दिनेश आचार्यले पनि भूमि सुधार तथा मालपोत कार्यालयले २१ दिने सूचना जारी गर्दै पत्राचार गरेको जानकारी आफूले प्राप्त गरेको बताए।
काठमाडौँ– सरकारले बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याउने प्रक्रिया थाल्दै च्याम्पियन फूटवेयरका नाममा सूचना जारी गरेको छ। बुधबार भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौँले बाँसबारीको १० रोपनी जग्गा सरकारका नाममा ल्याउन च्याम्पियन फूटवेयर हाल चाँदबाग रेसिडेन्सीका नाममा सूचना जारी गरेको हो।
सूचनामा २१ दिनभित्र चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई उपस्थित हुन भनिएको छ। सूचनामा २१ दिनभित्र आफैँ वा वारेसमार्फत उपस्थित नभए कानून बमोजिम हुने पनि उल्लेख छ।
“उपरोक्त विषयमा ज.ध च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको काठमाडौँ नगर-३ सिट नं १०२०९४७-१६ कि.नं. ५८ क्षे.फ. ०४६०७.२० ब.मी. ऐ.ऐ. नाममा दर्ता नगर-३ सिट नं ९४७-२१ कि.नं. १६ क्षे.फ. ००४८७.०० ब.मी. जग्गा श्री नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (अ.अ तथा कारबाही शाखा)को पत्र संख्या ०८०/०८१ च.न. ८४५९ मिति २०८०/१०/२२ को पत्रानुसार उक्त जग्गा नेपाल सरकारका नाममा स्रेस्ता अद्यावधिक गरी ल्याउन २०८०/१०/२४ को आदेश बमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ। पत्र प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा वारेस मुकरर गरी कार्यालय समय भित्र उपस्थित हुनु होला अन्यथा कानुन बमोजिम भई जाने ब्यहोरा जानकारी गराइन्छ,” पत्रमा भनिएको छ।
टोखा नगरपालिका–६ का अध्यक्ष शान्ता खनालले पनि चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष ठाकुरले २१ दिने म्याद उल्लेख भएको पत्र बुझी सही छाप गरेको विवरणमा वडा रोहवर बसेको बताइन्। उनले भनिन्, “उपस्थित हुन आउने २१ दिने सूचना बुझेर अध्यक्ष ठाकुरले सही छापसमेत गरिसकेका छन्। पत्र बुधबार नै काटिएको हो।”
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी दिनेश आचार्यले पनि भूमि सुधार तथा मालपोत कार्यालयले २१ दिने सूचना जारी गर्दै पत्राचार गरेको जानकारी आफूले प्राप्त गरेको बताए।
बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीजी होल्डिङ्ग्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष ठाकुरलाई पक्राउ परेका थिए। उनीहरूलाई सीआईबीले गत बिहीबार पक्राउ गरेको थियो।
उनीहरू बुधबार हाजिरी जमानीमा छुटेका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको आदेशपछि उनीहरू छुटेका हुन्। यसअघि अदालतले अनुसन्धानका लागि चार दिनको म्याद दिएको थियो।
सोमबार आचार्यको इजलासले बाँसबारी छाला तथा जुत्ता कम्पनीको जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी चौधरी, ठाकुर र थापालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न, अनुसन्धान नसकिए हाजिरी जमानीमा छाड्न आदेश गरेको थियो। सोही अनुसार उनीहरू बुधबार छुटेका हुन्।
किर्ते र ठगी मुद्दामा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानूनी व्यवस्था छ। यद्यपि, सीआईबीले उनीहरूमाथि अनुसन्धान जारी राखेको जनाएको छ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएकोबारे उकालोले २०७९ कात्तिक ५ गते विस्तृत खोजमूलक रिपोर्ट प्रकाशन गरेको थियो। त्यो जग्गा अहिले अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।
यो पनि : बाँसबारीको जग्गा हडप्न सर्वसाधारणलाई दिनुपर्ने फूटवेयरको २४ प्रतिशत शेयर नै ‘कब्जा’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
